काठमाडौँ, असार २ गते । मायरा थापा र कृष्ण गुरुङले लिटिल मिस एन्जल नेपाल र लिटिल मास्टर नेपाल–२०२५ को उपाधि जित्नुभएका छ ।
कलश इभेन्ट्सले आयोजना गरेको सो सौन्दर्य प्रतियोगितामा २५ जनालाई पछि पार्दे थापा र गुरुङ विजेता बन्नुभएको हो । महिमा आचार्य र निश्चल पौडेल फस्ट रनरअप बन्दा प्रिन्शा अर्याल तथा सुप्रिम पन्तले सेकेन्ड रनरअप चित्त बुझाउनुपर्यो ।
इभेन्टका अध्यक्ष संजय महर्जनले कार्यक्रम सिर्जनात्मकता, आत्मविश्वास र संस्कृतिको अनुपम सङ्गम भएको जानकारी दिनुभयो । उहाँले बालबालिकालाई ठुलो सपना देख्न र दयालु, नेतृत्वशील व्यक्तित्वको रूपमा अगाडि बढ्न प्रेरणा दिएको भनाई व्यक्त गर्नुभयो ।
कार्यक्रममा सर्वोत्कृष्ट शैक्षिकको उपाधि सुबिदा गिरी र हर्षिद ओझाले प्राप्त गर्नुभयो भने सर्वोत्कृष्ट तस्वीरमा समता थापा र मिजन डंगोललाई दिइएको छ ।
सर्वोत्कृष्ट मल्टिमिडिया अविका जोशी र सम्मान महर्जन, सर्वोत्कृष्ट व्यक्तित्व शैना डंगोल र लाबिब सिंह डंगोल, सर्वोत्कृष्ट मित्रता निया श्रेष्ठ र शौर्य शर्मा, सर्वोत्कृष्ट अनुशासन सनाया बराइली र समान महर्जन, बौद्धिक प्रतिभा प्रिन्शा अर्याल र मानस महर्जन, सर्वोत्कृष्ट मुस्कान प्रलिना गुरुङ र अभय कृष्ण श्रेष्ठ, सर्वोत्कृष्ट नेतृत्वः जाइजबी याचु श्रेष्ठ र क्रिजोन सुवीपर तथा सर्वोत्कृष्ट प्रतिभा राजी महर्जन र अतित न्यौपानेले प्राप्त गर्नुभयो ।