• १ असार २०८२, आइतबार

धरानबाट सङ्खुवासभातर्फ जाँदै गरेको जिप दुर्घटना : पाँच घाइते

blog

कोशी लोकमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६, चारखोलेमा दुर्घटनामा परेको जिप ।

कविराज घिमिरे 

हिले, जेठ १४ गते । धरानबाट सङ्खुवासभातर्फ जाँदै गरेको जिप दुर्घटनामा हुँदा पाँच जना घाइते भएका छन् । कोशी लोकमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६, चारखोले गोलाईमा को. १ च. ६६४० नम्बरको जिप ब्रेक फेल भएर बुधबार दिउँसो दुर्घटना भएको हो । 

गाडी अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइते हुनेमा गाडी चालक सप्तरी जिल्लाका राकेशकुमार यादव, उदयपुरको त्रियुगा नगरपालिकाका ललित परियार, मोरङ विराटनगरका एन्जिला अधिकारी, विराटनगरकै निर्मला गुर्वाजु र मोरङ उर्लाबारी नगरपालिकाको त्रानु गौतम रहनुभएको छ । 

दुर्घटनामा घाइते भएकामध्ये चार जना हेड नेपाल, विराटनगर संस्थाका कर्मचारी रहेको जनाइएको छ । घाइतेहरूको तत्काल उद्धार गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।