• १९ जेठ २०८२, सोमबार

कामीरिताको सगरमाथा सर्वाधिक आरोहण, ३१ औँ आरोहण पछि नयाँ कीर्तिमान

blog

सन्तोष राउत

सोलुखुम्बु, जेठ १३ गते । आराेही गाइड कामीरिता शेर्पाले यस अघि आफैले राखेको कीर्तिमान ताड्दै मङ्गलवार बिहान ४ बजे सगरमाथा आरोहण ३१ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ ।

गएको वर्ष शेर्पाले २९ औँ र ३० औँ पटक आरोहण गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने विश्व कीर्तिमानी आरोही बन्नुभएको हो । उक्त आफ्नै रेकर्ड तोडेर शेर्पाले नयाँ रेकर्ड बनाउनु भएको छ । आरोही शेर्पा गाइडको भूमिकामा उहाँले सगरमाथा आरोहण गर्दै आउनु भएको छ । सोलुखुम्बुको सगरमाथा आधारशिविर नजिकैको गाउँ थामेमा जन्मिनु भएका शेर्पाको मुख्य पेशा पनि पर्वतारोहण नै हो ।

सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औँ पटकको सफल आरोहण गर्नुभएको नेपाल पर्यटन विभागले जनाएको छ ।