अविनाश चौधरी
धनगढी, जेठ ११ गते। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सिद्धान्त र प्राथमिकता सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको छ।
आज दोस्रो पटक बसेको सभाको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको हो। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नु भएको थियो। सार्वजनिक वित्त सन्तुलन र बजेट अनुशासन, व्यवसायमैत्री वातावरणको सृजना र लगानी प्रवद्र्धन, विकासमा सहकार्य र समन्वय, सामाजिक न्याय र समता लगायत बजेटको सिद्धान्त रहेका छन्।
यसैगरी, कृषिको व्यवसायीकरण, पर्यटन क्षेत्रको विकास र विस्तार, रोजगारी सृजना, स्वरोजगार प्रवद्र्धन र मानव पुँजी निर्माण, गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा लगायत बजेटको प्राथमिकता रहेका छन्।