• ४ साउन २०८१, शुक्रबार

गायक धर्मेन्द्र सेवानका 'एैयो रैयो सैयो' सार्वजनिक

blog

काठमाडौं, जेठ २८ गते । गायक धर्मेन्द्र सेवानको नयाँ गीत ‘एैयो रैयो सैयो’ सार्वजनिक भएको छ । भिडियो गायक ‘धर्मेन्द्र सेवान’कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द, संगीत धन माया परियारको रहेको छ । रमाईलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिनुभएको छ । 

भिडियोमा सहयोगको नाममा दृष्टीविहिनको नाटक प्रेम अभियानमार्फत प्रस्तुत गरेका छन् । यस गीतको भिडियोमा जानुका थापा मगर, सुभम भुजेल, पवन बस्नेत काजी लगाएतको पनि अभिनय रहेको छ ।

सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियोमा सञ्जित श्रेष्ठको छायाँकन रहेको छ । भिडियोलाई बिजेश पौडेलले निर्देशन तथा सम्पादन गर्नुभएको हो ।