• २६ जेठ २०८२, सोमबार

निःशुल्क आँखा शिविरमार्फत दुईसयले लिए सेवा

blog

आँखा परीक्षण गराउदै सिँवा माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मछिन्द्र लिम्बू । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू

फुङ्लिङ, जेठ ५ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा ३ लिङखिमस्थित सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविरमार्फत दुईसय आठ जनाले सेवा लिएका छन् ।

पाथीभरा बहुमुखी क्याम्पस र नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका प्राविधिकहरूको सहयोगमा सम्पन्न भएको आँखा शिविरमार्फत एकसय चार महिला तथा एकसय चार पुरुष गरी दुईसय आठ जनाले सेवा लिएका हुन् । 

आँखा परीक्षण गरिएकोमध्ये ७ जनाको थप उपचार आवश्यक देखिएको परीक्षण तथा उपचारमा संलग्न आँखा स्वास्थ्य प्राविधिक थेबेले जानकारी दिनुभयो । शिविरमा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी साथै अभिभावकहरूको आँखा परीक्षण साथै उपचार गरिएको थियो । 

सोही क्रममा सामूहिक मनोसामाजिक विमर्श कार्य समेत गरिएको छ । शिविरमा कार्यक्रममा फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति), सिँवा माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मछिन्द्र लिम्बू, प्रधानाध्यापक ओमनाथ गौतम सहितको उपस्थिति रहेको थियो ।