• ३ जेठ २०८२, शनिबार

सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरणः युएनडिपी उपाध्यक्ष

blog

युएनडिपीका उपाध्यक्ष अचिम स्टेनर

काठमाडौँ, जेठ ३ गते । युएनडिपीका उपाध्यक्ष अचिम स्टेनरले सन् २०४५ सम्ममा कार्वन न्युट्रिलिटी हासिल गर्ने नेपालको महत्त्वाकाङ्क्षाले विश्वका लागि पछ्याउन सकिने प्रेरणादायक उदाहरण प्रस्तुत गरेको बताउनुभएको छ ।

काठमाडौैँमा जारी सगरमाथा संवादका क्रममा भिडियो सन्देश दिनुहुँदै उपाध्यक्ष स्टेनरले अहिले विश्वको प्रमुख समस्या बनिरहेको जलवायु परिवर्तनको पहलमार्फत युएनडिपी विश्वभरका एक सय ४० देशसहित नेपाललाई समेत दिगो र समावेशी भविष्यतर्फ लैजाने रूपान्तरणात्मक जलवायु कार्यमा समर्थन गर्न पाउँदा गर्वको अनुभूति गरिरहेको बताउनुभएको हो ।

उहाँले सगरमाथा संवादलाई सम्बोधन गर्न पाउनु नै आफ्ना लागि विशेष सम्मान भएको बताउनुभयो । सगरमाथा संवाद संसारको सर्वोच्च शिखर सगरमाथाबाट प्रेरित भएको उल्लेख गर्नुभएको छ । एभरेस्टका नामबाट विश्वमा परिचित सगरमाथा दृढताको एक प्रकाशस्तम्भ तथा मानव सङ्घर्षको प्रतिकको रूपमा उभिएको उपाध्यक्ष स्टेनरले बताउनुभयो । नेपाल र हिमालहरू जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहेको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभएको छ, ‘‘जलवायु परिवर्तनका कारण हिमनदी र नदीहरूसहितको यो अनुपम पारिस्थितिक प्रणाली दक्षिण एशियाका करिब दुई अर्ब जनसङ्ख्याका लागि जीवनरेखा हो । जसले जलस्रोत, खाद्य सुरक्षाः जीविकोपार्जन र अर्थतन्त्रलाई धानेको छ । यो जैविक विविधताको एक सुरक्षित आश्रयस्थल पनि हो । जसले थुप्रै दुर्लभ र लोपोन्मुख प्रजातीहरूलाई संरक्षण दिँदै आएको छ । तर यो अनुपम भू–दृश्य अहिले जलवायु परिवर्तनको कारण अस्तित्वको सङ्कटसँग जुधिरहेको छ ।’’

उहाँले युएनडीपी विश्वभरका एक सय ४० भन्दा बढी देशहरूसहित नेपाललाई समेत दिगो र समावेशी भविष्यतर्फ लैजाने रुपान्तरणात्मक जलवायु कार्यमा समर्थन गर्न पाएकोमा गर्वको अनुभूति भएको उल्लेख गर्नुभएको छ ।

‘‘हिन्दुकुश–हिमालय क्षेत्रमा रहेका हिमनदीहरू तिब्र दरमा पग्लिँदै गइरहेका छन् । यो क्षति अघिल्लो दशकको सन् १०११ देखि २०२० को बिचमा भएको तुलनामा ६५ प्रतिशत छिटो थियो । २०२४ देखि २०२५ को हिउँदमा ऐतिहासिक रूपमा न्युन हिमपात भयो । जसले करोडौं मानिसहरूका लागि आसन्न जल सङ्कटको सङ्केत दिएको छ । यी नयाँ तथ्याङ्कहरू होइनन् । यी त ज्ञात जीवन शैलीमा जलवायु परिवर्तन र त्यसका विनाशकारी प्रभावाहरूबाट जोगिन तथा अनुकुल गर्न तत्काल कदम चाल्नुपर्ने आहानहरू हुन् ।,’’ युएनडिपी उपाध्यक्ष, ‘‘संयुक्त राष्ट्रसंघ परिवारको रूपमा, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमले विश्वभर यस्ता चुनौतीहरूको सामना गर्न सहयोग गरिरहेको छ । एशिया र प्रशान्त क्षेत्रमा हामी जोखिमको पूर्वानुमान गर्न प्रारम्भिक चेतावनी प्रणालीहरू सुदृढ गर्दैछौं र प्राकृतिक विपत्तिहरू तथा झट्काहरूको सामना गर्नसक्ने क्षमता निर्माण गरिरहेका छौं । नेपालमा, हामी सरकार र जनतासँग काँध मिलाएर उभिएका छौं ताकी पर्वतीय समुदायलाई जलवायु परिवर्तनका बढ्दो जोखिमहरूबाट जोगाउन सकियोस् ।’’