• ३ जेठ २०८२, शनिबार

आइपिएलको रोकिएका खेल आजदेखि

blog

काठमाडौँ, जेठ ३ गते । भारत र पाकिस्तानबिचको बढ्दो सीमा तनावका कारण रोकिएको भारतीय प्रिमियर लिग (आइपिएल) का खेलहरू शनिबार (आज)देखि पुन: सञ्चालन हुने भएको छ ।

दुई देशबिचको तनावमा कारण एक साताअघि खेल स्थगित गरिएको थियो । शनिबार राति रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र कोलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुँदै छ ।

११ खेल सकेको  आरसिबीको १६ अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको गुजरात टाइटन्सको पनि समान १६ अङ्क छ । १२ खेलमा ११ अङ्क बनाएको कोलकाला छैटौँ स्थानमा छ । एजेन्सी