• १३ असोज २०८१, आइतबार

प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्राउ गर्न निर्देशन

blog

काठमाडौं, जेठ २७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले शुक्रबा गृहमन्त्री बालकृष्ण खाणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो ।