• ३१ वैशाख २०८२, बुधबार

शान्तिका लागि ७ सय ५३ स्थानीय तहमा साइकल यात्रा

blog

साइकल तथा पैदल यात्रा गरेर दैलेख पुग्नुभएका रामभक्त कौडिन्य प्याकुरेल । तस्बिर ः यामराज विष्ट

यामराज विष्ट

दैलेख, वैशाख ३१ गते । शान्तिका लागि देशभर साइकल यात्रा गरिरहनु भएका रतुवामाई नगरपालिका – ८ दाम्राभिट्टा मोरङका ७२ वर्षीय रामभक्त कौडिन्य प्याकुरेल दैलेख सदरमुकाम पुग्नुभएको छ । आत्मा शान्ति र राष्ट्र शान्तिका लागि ७ सय ५३ स्थानीय तहमा पैदल तथा साइकलद्वारा  यात्रा गर्ने क्रममा उहाँ दैलेख सदरमुकाम आई पुग्नु भएको हो ।

२०७८साल मङ्सिर ९ग ते देखि स्थानीय तहमा भेटघाट गर्दै करिब तीन वर्ष यता देखी साइकल तथा पैदल यात्रा गरेर दैलेख आई पुगेको उहाँले बताउनुभयो । मोरङबाट सुरु गरिएको यात्रा अहिले सम्म ७सय३४स्थानीय तहमा पुगिसकेको उहाँको भनाई छ । “जसरी भगवान् बुद्धले विश्वभर बुद्ध सन्देश फैलाउनुभएको थियो । आफूले पनि त्यसैगरि शान्ति लागी सन्देश फैलाउने “उहाँले भन्नुभयो ।

कतिपय ठाउँमा साइकल गुडाउन गाह्रो भएपछि साइकल हातमा डोयाउनु पर्ने बाध्यता समेत रहेको उहाँले बताउनुभयो । उहाँले राष्ट्रिय स्तरमा मात्रै नभई विश्वमाझ शान्तिको सन्देश फैलाउन आफूले पैदल तथा साइकल यात्रा गरेको बताउनुभयो । पछिल्लो समयमा देशमा नागरिकहरू अशान्ति पूर्ण तरिकाले जिउन बाध्य भइरहेको बेला सबैको मनमा शान्ति फैलाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको प्याकुरेलको भनाई छ ।

उहाँका अनुसार मसान्त सम्म आफूले ७सय५३ स्थानीय तहमा साइकल तथा पैदल यात्रा गरी सक्ने  जानकारी दिनुभएको छ ।