• २९ वैशाख २०८२, सोमबार

यु–१९ साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र श्रीलङ्काका खेलाडी ।

काठमाडौँ, वैशाख २९ गते । नेपाल भारतमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतको गोल्डेन जुब्ली रङ्गशालामा आइतबार राति भएको खेलमा नेपालले श्रीलङ्कलाई ५–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । एकपक्षीय खेलमा नेपाललाई जिताउन सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम ठकुरी, विज्ञान खड्का र लक्ष्छु थापाले गोल गर्नुभयो ।

नेपालको जितसँगै समूह ‘बी’ बाट भारतले पनि सेमिफाइनलमा स्थान बनाएको छ । लगातार दुई खेलमा हार खेपेको श्रीलङ्का बाहिरिएको छ । श्रीलङ्का पहिलो खेलमा भारतसँग ८–० गोलले पराजित भएको थियो ।

समूहको अन्तिम खेलमा मङ्गलबार नेपाल र भारतबिच प्रतिस्पर्धा हुने छ । यस खेलको नतिजाले समूह विजेताको टुङ्गो लाग्ने छ ।