जयकृष्ण यादव
इनरुवा, वैशाख २१ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आफ्नो नगर क्षेत्रमा भएको विकास, सञ्चालन भएका योजनाहरुको बारेमा जनतालाई जानकारी दिन र सुझाव लिनका लागि प्रत्येक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ ।
इनरुवा नगरपालिकाले कार्यतालिका सार्वजनिक गर्दै नगरपालिकाले सञ्चालन गरेको विकासहरु, सम्पन्न गरेका योजनाहरु, प्रवाह गरेको सेवा सन्तुगटीका बारेमा जनतासँग साक्षतकार गर्नलाई प्रत्येक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको हो ।
इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जनताका कुराहरु सुन्न, गुनासो वा जिज्ञासा तथा योजनाहरु संकलन गर्ने र सेवा प्रवाहप्रतिको नागरिकको सन्तुष्टी थाहा पाउनका लागि वडा–वडामा कार्यतालिका बनाएर सार्वजनिक सुनुवाइको तयारी गरेको जानकारी दिनुभयो । नगरपालिकामा गर्दै आएको सार्वजनिक सुनुवाइमा पछि भागितएका गाविसहरु अर्थात् हालका टाढाका वडाहरुका नागरिक कम सहभागी भएको कुरा मध्यनजर गरी प्रत्येक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागेको बताउनुभयो । उहाँका अनुसार सोमबारदेखि एक हप्तासम्म संघन रुपमै सेवा, विकास, र येजनाहरुको बारेमा नागरिकको सन्तुष्टि थाहा पाउन र सुझाव लिने तथा सोही अनुसार योजना, नीति, कार्यक्रम तथा बजेट ल्याउने प्रयास स्वरुप प्रत्येक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ ।