• २१ वैशाख २०८२, आइतबार

भलिबल उत्सवको उपाधि चौबिसे र साँगुरीगढीलाई

blog

पुरुष तर्फको उपाधि उचाल्दै चौविसे गाउँपालिकाको युवा टिम ।

कविराज घिमिरे 

हिले, वैशाख २१ गते । धनकुटामा सम्पन्न भलिबल उत्सवमा पुरुष तर्फको उपाधि चौविसे गाउँपालिका र महिला तर्फको उपाधि साँगुरीगढी गाउँपालिकाले जितेको छ । भलिवल संघ धनकुटाले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ पाख्रिबास नगरपालिकालाई ३–१ सेटले हराउँदै चौविसे गाउँपालिकाले उपाधि उचालेको हो । 

चौविसेले पाख्रिबासलाई २०–२५, २५–२०, २५–२१ र २५–२१ पराजित गरेको हो । च्याम्पियन बनेको चौविसे टीमलाई ५० हजार रूपियाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै उपबिजेता बनेको पाख्रिबास नगरपालिकाले ३० हजार रुपियाँमा चित्त बुझाएको छ । 

यस्तै महिला तर्फको उपाधी साँगुरीगढी गाउँपालिकाले हात पारेको छ । महिलातर्फ च्याम्पियन बनेको साागुरीगढीले सहिदभूमि गाउँपालिकालाई ३–१ को सोझो सेटमा हराउँदै उपाधि हात पारेको हो । जसमा साँगुरीगढीले सहिदभूमिलाई २५–२१, २५–२२ र २५–१४ को सोझो सेटमा हराएको हो । महिला तर्फको उपाधी साँगुरीगढी गाउँपालिकाले ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उप–बिजेता बनेको शहिदभूमि गाउापालिका टीमले ३० हजारमा चित्त बुझाएको छ । 

बिजेता र उपबिजेता टीमलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज चाम्लिङ राई, कोशी प्रदेश भलिवल संघका अध्यक्ष खेम राई र धनकुटाका अध्यक्ष गौरव कार्कीले पुरस्कार र प्रमाण पत्र प्रदान गर्नुभयो । पन्ध्र दिनसम्म संचालन भएको भलिबल उत्सवमा धनकुटाका सात स्थानीय तहबाट पुरुष तर्फ २० वटा र ६ वटा महिला टिमले सहभागिता रहेको थिए ।