• २० वैशाख २०८२, शनिबार

युनाइटेडको सानदार जित

blog

गोल गर्दै युनाइटेडका खेलाडी । तस्बिर : एपी­/रासस

काठमाडौँ, वैशाख १९ गते । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनको एथलेटिको क्लब बिल्वाओमाथि सानदार जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा  युनाइटेडले बिल्वाओलाई ३–० गोलले हरायो । पाहुना टोली युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई तथा क्यासिमिरोले एक गोल गर्नुभयो । दोस्रो लेग युनाइटेडको घरेलु मैदानमा हुनेछ ।

यस्तै अर्को खेलमा  इङ्लिस क्लब टोट्टनहामले नर्वेजियन क्लब बोडोरग्लिम्टलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा टोट्नहामलाई जिताउन ब्रेनन जोनसन, जेम्स म्याडिसन र डोमोनिक सोलान्केले गोल गर्नुभयो ।

बोडोरग्लिम्टका उर्लिक साल्ट्नेस एक गोल फर्काउनुभयो । दोस्रो लेग बोडोरग्लिम्टको घरेलु मैदानमा हुनेछ । एजेन्सी