• २० वैशाख २०८२, शनिबार

आरभ र अभिलाषाको जोडी च्याम्पियन

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १९ गते । आरभसम्राट हाडा र अभिलाषा विष्टको जोडीले ११औँ सिटिजन्स बैंक टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि जित्नुभएको छ । 

प्रतियोगिताको शुक्रबार भएको फाइनलमा आरभ र अभिलाषाको जोडीले सक्षमविक्रम शाह र नाला मास्केको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा हराउनुभयो । 

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स जितेन्द्र परियार पहिलो हुनुभयो । उहाँले फाइनलमा सन्तोष खत्रीलाई २–६, ६–१ र १०–५ ले हराउनुभयो । 

३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्रले इमल दीक्षितसंग मिलेर अर्को स्वर्ण हात पार्नुभयो । उक्त जोडीले फाइनलमा खन्तोष खत्री र छेवाङ लामाको जोडीलाई ६–३ र ६–४ को सोझो सेटमा पाखा लगाएको हो । 

५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही पहिलो हुनुभयो । फाइनलमा उहाँले विमलकुमार गुरुङलाई ६–४ र ७–५ ले पन्छाउनुभयो । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले बाजी मार्नुभयो । फाइनलमा उहाँले रोहित सुनुवारलाई सीधा सेटमा ६–१ र ६–४ ले निराश पार्नुभयो । 

६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र धीर गुरुङको जोडी पहिलो हुनुभयो । उक्त जोडीले फाइनलमा विदुर विष्ट र भिक्टर राणको जोडीमाथि ७–६ र ७–५ को जित निकालेको हो । 

यस्तै ५५ वर्षमाथि पुरुष डबल्स फाइनलमा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले विमलकुमार गुरुङ र हिमाल शाहको जोडीलाई ६–१ र ६–३ ले पन्छ्याउदै स्वर्ण जित्नुभयो । 

प्रतियोगितअन्तर्गत शनिबार पुरुष सिंगल्समा निसान श्रेष्ठ र आरभसम्राट हाडा तथा महिला सिंगल्समा अभिलाषा विष्ट र स्वस्तिका विष्टबिच प्रतिस्पर्धा हुनेछ ।