• १९ वैशाख २०८२, शुक्रबार

भासियो कोदारी लोकमार्ग

blog

तातोपानी नाकास्थित बाह्रबिसे–कोदारी सडकखण्डको कोप्लाङमा भासिएको सडक ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, वैशाख १९ गते  । केही दिनयताको सामान्य बर्सातले पनि कोदारी लोकमार्ग भासिन थालेकाले पटक पटक सडक अवरुद्ध हुन थालेको छ । सडक अवरुद्ध हुन थालेपछि तातोपानी नाकाबाट आउने मालवाहक गाडी, यात्रुवाहक गाडी, सानाठुला सवारीसाधन बिच बाटोमै रोकिन थालेका छन् । 

बाह्रबिसे–कोदारी लोकमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–२ स्थित कोप्लाङखण्ड बिहीबार बिहान भासिएको हो । निरन्तर पानी परिरहेकाले उक्त सडकखण्ड भासिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तातोपानी नाका जोड्ने उक्त खण्डमा १५ फिटको सडक रहेको छ । अहिले तीन फिट सडक भासिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी सहायक निरीक्षक नेत्रबहादुर काफ्लेले बताउनुभएको छ ।