• १२ पुस २०८१, शुक्रबार

सुत्केरी बिदा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

blog

काठमाडौं, जेठ २५ गते । सरकारले सरकारी, निजी तथा गैरसरकारी सङ्घ/संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी बिदा उपलब्ध गराउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै सुत्केरी हुनु अघि र पछि कम्तीमा ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा उपलब्ध गराउन उक्त सङ्घ/संस्थालाई निर्देशन दिएको हो ।

सरकारी निजी तथा गैरसरकारी सङ्घ/संस्थामा कार्यरत महिलाहरुलाई नियमानुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको गुनासो आउन थालेपछि यस्तो निर्णय गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । 

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थय अधिकार ऐन, २०७५ को दफा १३ ले विभिन्न निजी, सरकारी गैरसकारी सङ्घसंस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि र पछि कम्तीमा ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ ।