काठमाडौँ, वैशाख १३ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मे ९ देखि २० सम्म थाइल्यान्डमा आयोजना हुने आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली क्रिकेट टोली घोषणा गरेको छ ।
क्यानले शुक्रबार राति इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय अेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।
विश्वकप छनोटमा नेपाल रहेको समूह ‘सी’ परेको छ । यस समूहमा बहराइन र हङकङ छन् । नेपालले मे ९ र १३ मा हङकङ तथा १० र १५ मा बहराइको समान गर्नेछ ।
टोलीमा कप्तान बर्मा र उपकप्तान महतोसँगै रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी र रिया शर्माले स्थान बनाउनुभएको छ ।