• ६ वैशाख २०८२, शनिबार

इन्द्रेनी (कथा)

blog

हामी नदीका दुई किनारा हाम्रो सङ्गम असम्भव छ

तापनि मिलनको आसमा जीवन गुमाउन मञ्जुर छ ।


रितेश घर जान माइक्रोबस चढेको थियो । माइव्रmोमा केही सिट अझै खाली थिए । खलाँसीले पेसेन्जर बोलाइरहेको थियो । सिट खाली हुँदाहुँदै पनि केही पेसेन्जर सिट छैन भन्दै फर्किरहेका थिए । रितेशले यसो टाउको उठाएर हे-यो । एकातिर ‘ज्येष्ठ नागरिक’ लेखिएको सिट खाली थियो । अर्कातिर ‘अशक्त/अपाङ्ग’ लेखिएको सिट खाली थियो । रितेश दङ्ग -¥यो र मनमनै सोच्यो– मान्छेमा यति चेतना चाहिँ आएछ है । 

एकछिनपछि दुई जना पाका पेसेन्जर आएर ‘ज्येष्ठ नागरिक’ लेखिएको सिटमा बसे । फेरि एकछिनपछि दुई जना तन्नेरी आएर त्यो ‘अशक्त/अपाङ्ग’ लेखिएको सिटमा बसे । एक जनाले त्यो सिटमाथि लेखिएको अक्षर पढेर भन्यो, “यार, यो त ‘अशक्त/अपाङ्ग’ को सिट रहेछ । लगत्तै अर्कोले भन्यो, “ठिकै छ । बस्दै गरौँ । कोही आएछन् भने छाडिदिऊँला ।” 

रितेश चुपचाप माइक्रो गुड्ने प्रतीक्षामा थियो । एक दुई गर्दै पेसेन्जरले माइक्रो खचाखच भरियो । दायाँबायाँ फर्किन पनि मुस्किल पर्न थाल्यो । त्यसपछि बल्ल खलाँसीले ढोका ढ्याङ ढ्याङ गर्दै भन्यो, “जाऊँ जाऊँ गुरुजी ।” कामको सिलसिलामा दिनहुँ माइक्रोबस चढ्नु, साझा बस चढ्नु र अरू लोकल मिनीबस चढ्नु सहरमा बस्ने मध्यम र न्यून वर्गका मान्छेको जीवनशैलीको एउटा अभिन्न पाटो हो । निजी सवारीसाधन नहुनेहरूले सहरमा चल्ने यस्ता सार्वजनिक यातायातमा हुने सकस भोग्नै पर्छ र दिनहुँ दुःख र पीडाका नयाँ नयाँ अनुभव पनि सँगाल्नै पर्छ ।

माइव्रmोबसले बिस्तारै आफ्नो गति लियो । खलाँसीले जबरजस्ती पेसेन्जरलाई भित्र घचेटेर ढोका लगायो । यसरी ढोका लगाउनुको कारण रहेछ, अगाडि सडकमा उभिएको ट्राफिक । उसले करबलले नियम पालना ग¥यो । एकैछिनमा ट्राफिकभन्दा अलिअगाडि पुग्नेबित्तिकै उसले फेरि ढोका खोलेर त्यो नियम तोड्यो पनि । नियम र ऐनकानुन भनेका तोड्नकै लागि हो भन्ने भाष्य स्थापित भइसके झैँ लाग्यो उसलाई । 

खलाँसीलाई हेरेर रितेश एक पटक मुस्कुरायो । उसको त्यो मुस्कानमा व्यङ्ग्य थियो, त्यो ट्राफिक नियमप्रति र त्यो नियम तोड्ने खलाँसीप्रति । 

अलि पर पुगेपछि खलाँसी बानेश्वर बानेश्वर भनेर करायो । दुई जना पेसेन्जरले हात दिए । माइव्रmो रोकियो । ती दुई ठेलमठेल गरेर भित्र छिरे । खलाँसीले उसै गरी ढोकामा ढ्याङ ढ्याङ गरेर ‘जाऊँ गुरु जाऊँ’ भन्यो । माइव्रmो आफ्नो रफ्तारमा गुड्न थाल्यो । 

माइव्रmो आफ्नो रफ्तारमा गुड्न थालेसँगै गुरुजीले एफएम बजाए । एफएममा गीत गुन्जियो, ‘हामी नदीका दुई किनारा...।’

गीतले रितेशको ध्यान खिँच्यो । उसले अलि ध्यान दिएर गीत सुन्यो । गीतका शब्दहरू याद ग-यो । अनि गीतको भाव पनि बुझ्ने कोसिस ग¥यो । जब उसले गीतको भाव बुझ्यो, उसलाई लाग्यो यो गीत उसको जीवनसँग धेरै मेल खान्छ । अझ उसले मनमनै यतिसम्म सोच्न भ्यायो कि यो गीत उसैका लागि लेखिएको हो ।

एफएममा गीत फेरियो तर उसको मुड फेरिएन । ऊ मनमनै फेरि त्यही गीत गुनगुनाउन थाल्यो, “हामी नदीका दुई किनारा...।” 

उसले त्यो गीत कण्ठस्थ पा-यो । मुड चल्दा त्यही गीत गुनगुनाउन थाल्यो । गीत गुनगुनाउँदै उसले आफूलाई नदीको एउटा किनारा सम्झ्यो । अनि सुषमालाई अर्को किनारा । दुई किनाराको मिलन असम्भव छ । 

रितेशले यस्तो कहिल्यै सोचेको थिएन । उसले कहिल्यै आफूलाई नदीको एउटा किनारा र सुषमालाई अर्को किनाराको रूपमा सोचेको थिएन । यस्तो कुराको कल्पना पनि गरेको थिएन । उसको र सुषमाको मिलन भइसकेको छ । फेरि आज आएर यो किनाराको कुरा उसले किन सोच्यो ? ऊ आफैँ अचम्ममा प¥यो । उसले जब त्यो गीत सुन्यो, त्यो गीतले नै उसलाई किनाराको कुरा सम्झायो । उसले ऊ बाँचेको समाजको एउटा पीडादायी यथार्थको पाटोलाई नै बिर्सेको थियो । आज त्यो यथार्थ सम्झेर उसको मुटुमा चसक्क ग¥यो । कतै सुषमासँग बिछोडिनुपर्ने हो कि ?

सुषमा उसलाई भेट्न आउँदा ऊ त्यही गीत गुनगुनाइरहेको थियो । “हामी नदीका दुई किनारा... ।”

सुषमाले उसलाई थाहै नदिई उसले गुनगुनाएको त्यो गीत सुनी । सुन्दासुन्दै सुषमालाई पनि त्यो गीतले छोयो । गीतको भावले उसको मनमा पनि हलचल मच्चाइदियो । ऊ पनि भयभीत भई । कतै यो जीवनमा दुई किनारा भएरै बाँच्नुपर्ने हो कि ? फेरि अर्को मनले सोची– आ... यो २१ औँ शताब्दीमा यस्तो पुरातन सोचले केही लछार्दैन ।

ऊ सहज हुने प्रयत्न गर्दै रितेशको सामुन्ने उभिई । अकस्मात् उसलाई आफ्नोअगाडि उभिएको देखेर रितेशले गुनगुनाउन छोडेर अकमकिँदै भन्यो, “कतिखेर आयौ ?”

“भर्खरै । आउँदाआउँदै तिम्रो मिठो गुनगुन पनि सुनेँ तर एउटा कुरा भन त, आज तिमी किन यस्तो भावुक गीत गुनगुनाइरहेछौ ?”

रितेश पहिला मुसुक्क हाँस्यो । अनि फेरि अलि गम्भीर भएर भन्यो, “मैले यो गीत हिजो माइव्रmोमा सुनेको । यसअघि कहिल्यै सुनेको थिइनँ । पहिलो पटक सुन्दा नै मलाई यो गीतले छोयो । अझ छोयो मात्रै होइन, मेरो त मुटु नै छेड्यो ।”

“तिमीलाई मन प¥यो यो गीत ?”

“हो । मन प¥यो । किनभने यो गीत मेरै लागि अर्थात् हाम्रै लागि लेखे जस्तो लाग्यो मलाई ।”

सुषमा एकछिन मजाले हाँसी र भनी, “यो एक्काइसौँ शताब्दीमा पनि यति सानो कुरामा तिमी चिन्ता लिँदै छौ ?”

रितेश बोलेन । अलि गम्भीर भएर सुषमाको अनुहार नियाल्न थाल्यो । सुषमा पनि बोलिन । ऊ पनि चुपचाप रितेशको अनुहार एकटकले नियाल्न थाली । अब फेरि देख्न पाइने हो कि होइन भने झैँ गरी । रितेश छक्क प¥यो । छक्क पर्दै उसले पनि उसै गरी सुषमाको अनुहार नियाल्न थाल्यो । एक झोँका हावा आएर उनीहरूको गालामा मिठो स्पर्श गरेर गयो । एक हुल चराहरू चिरबिर गर्दै उनीहरूकै नजिकबाट भुर्र उडेर गए । सडकमा गुडिरहेको एउटा मिनीबसले चर्को हर्न बजाएर गयो । एउटा मान्छे उनीहरूकै अगाडिबाट मोबाइलमा चर्को स्वरमा बोल्दै गयो । उनीहरूलाई यी सबैको केही प्रभाव परेन । उनीहरूको एकाग्रतालाई कुनै कुराले भङ्ग गर्न सकेन ।

रितेशले जस्तै सुषमाले पनि त्यो गीतको भाव बुझिसकेकी थिई । रितेशको जस्तै डर उसको मनमा पनि उत्पन्न भइसकेको थियो । उसको मनमा पनि चिसो पसिसकेको थियो ।

एकैछिनको हेराहेरपछि सुषमा अलि गम्भीर भएर बोली, “यस्तो मुटु चिर्ने गीत किन गुनगुनाउँछौ हँ तिमी ?”

“यो गीत मात्रै होइन सुषमा, सामाजिक यथार्थ पनि हो । साँच्चै हामी नदीका दुई किनारा नै त हौँ । हाम्रो सङ्गम असम्भव छ । तापनि मिलनको आसमा हामी बाँचिरहेका छौँ हगि सुषमा ?” रितेशले सुरुमा गम्भीर भएर पछि अलिकति मुस्कुराएर भन्यो ।

सुषमाले रितेशको आशय बुझी । त्यसैले ऊ चुप लागी । केही नबोली ऊ रितेशको अनुहार नियाल्न थाली । हेर्दाहेर्दै उसका आँखामा आँसु टिलपिलाउन थाले । एकैछिनमा ती आँसु आँखाको बाँध भत्काएर उर्लिंदै बग्न थाले । बग्दै गरेको आँसु पुछ्दै सुषमा आफैँ गुनगुनाउन थाली– 

भेटिनु छुटिनु त के हो र संसारको रीत हो

नसम्झ तिमी यो मेरो बिदाको गीत हो ।

अब छक्क परेर हेर्ने पालो रितेशको थियो, हे¥यो । ऊसँग बोल्ने कुनै शब्द भएनन् । ऊ चुपचाप सुषमालाई हेर्न थाल्यो । सुषमाले पनि उसै गरी रितेशलाई हेर्न थाली । एकले अर्कोलाई अपलक हेरिरहे दुई किनार झैँ भएर । बिचमा आँसुको नदी बगिरह्यो । 

बिदा शब्दले रितेशको मनमा संशय उत्पन्न ग¥यो । प्रेमिल स्वरमा उसले भन्यो, “सुषमा, तिमीले मसँग बिदा हुने कुरा गरेकी ?”

“के म तिमीसँग बिदा हुन सक्छु जस्तो लाग्छ तिमीलाई ?” सुषमाले आँखा रसिलो पारेर भनी ।

“त्यसो भए किन गाएकी त यो बिदाको गीत ?” रितेशले रुन्चे स्वरमा भन्यो ।

“खै किन किन ! यसै मुखबाट निस्किहाल्यो । साँच्चै आज के भइरहेछ हामीलाई ?” सुषमाले थोरै गम्भीर भएर भनी ।

रितेश निःशब्द भयो । ऊसँग कुनै जवाफ थिएन र अरू कुनै प्रश्न पनि थिएन । सुषमाको समर्पणभावले ऊ ओतप्रोत थियो र अहिले पनि छ तर त्यही बेलामा उसको मनमा केही कुराले झट्का दिए जस्तो भयो । दिमागमा विगतका केही अप्रिय घटनाको सम्झना आयो । समाजको असहिष्णु र निर्दयी व्यवहार उसका आँखावरिपरि घुम्न थाले चलचित्रका रिल झैँ । अनि ऊ भयभीत हुन थाल्यो ।

“सुषमा ! सायद हामीले गल्ती ग¥यौँ ?” रितेशले सुषमाको आँखामा हेरेर भन्यो ।

सुनेर सुषमालाई अचम्म लाग्यो र भनी, “कस्तो गल्ती ?”

“यही कि हामी नदीका दुई किनारा भन्ने जान्दाजान्दै पनि हामीले मिलनको आस ग¥यौँ ।” 

“होइन । हामीले जे ग¥यौँ, सही गरेका छौँ । के प्रेम गर्नु अपराध हो र ?” “प्रेम गर्नु अपराध होइन तर तिम्रो र मेरो प्रेमलाई हाम्रो समाजले अपराध मान्छ ।”

“प्रेमलाई अपराध भन्छन् भने म त सजाय भोग्न तयार छु ।”

“त्यसो भए तिमी मलाई अर्को नवराज विक बनेको हेर्न चाहन्छौ ? तिमी पनि अर्की कौशिला कुमारी बन्न चाहन्छौ ? के तिमी मलाई नवराज विकको नियति भोग्न विवश पार्न चाहन्छौ ? के तिमीलाई कौशिला कुमारीको नियति भोग्न मञ्जुर छ ?”

रितेशको कुराले सुषमाको मुटुलाई छियाछिया पा¥यो । पीडाले ऊ रुन थाली । रितेश भावुक बनेर फेरि बोल्यो, “तिमी आकाश हौ । म धरती हुँ । आकाश र धरतीको मिलन कहाँ सम्भव हुन्छ र ?”

“सम्भव छ ।” सुषमा पीडाले उत्तेजित हुँदै बोली, “आकाश र धरतीलाई सप्तरङ्गी इन्द्रेनीले जोड्छ । हाम्रो माया, हाम्रो प्रेम त्यही इन्द्रेनी हो । हामी त्यो इन्द्रेनीका दुई फरक रङ हौँ । हामीले दुनियाँमा यो रङ अझै छर्नु पर्छ ।”

“इन्द्रेनी त क्षणिक हुन्छ । एकैछिनमा बिलाइजान्छ ।”

“तर हाम्रो माया, हाम्रो प्रेम अटल छ र अमर छ ।”

रितेशले केही प्रत्युत्तर दिएन । सुषमा पनि थप केही बोलिन । दुवै एकआपसमा हेराहेर गर्न थाले । नीलो आकाशले पनि उनीहरूलाई नै हेरिरह्यो ।

फेरि एक झोँका हावाले रितेश र सुषमाको गालामा उसै गरी मिठो स्पर्श गरेर गयो । एक हुल चराहरू चिरबिर गर्दै नजिकैबाट भुर्र उडेर गए । सडकमा गुडिरहेको एउटा मिनीबसले चर्को हर्न बजाएर गयो । एउटा मान्छे उनीहरूकै अगाडिबाट मोबाइलमा चर्को स्वरमा बोल्दै गयो । यस पटक उनीहरूले यी सबैको चाल पाए । एकले अर्कोलाई हेरे । अनि दुवै जना मुस्कुराए । आकाश मुस्कुरायो । धरती मुस्कुराई । जगत् मुस्कुरायो ।

घाम लाग्दालाग्दै सिमसिम वर्षा हुन थाल्यो । सिर्सिर बतास पनि चल्न थाल्यो । अलि पर सप्तरङ्गी इन्द्रेनी झुलुक्क झुल्कियो । रितेश र सुषमा त्यो इन्द्रेनी हेरेर मुस्कुराए । 

इन्द्रेनीको रङ बिस्तारै फैलिँदै गयो ।