• ४ साउन २०८१, शुक्रबार

बजेटमा मन्त्रालयगत छलफल आजदेखि

blog

काठमाडौँ, जेठ २३ गते ।आर्थिक वर्ष २०७९/८० को बजेटको मन्त्रालयगत शीर्षकमाथि सोमबारदेखि छलफल प्रारम्भ हुँदैछ । सैद्धान्तिक छलफल सकिएपछि सोमबारदेखि मन्त्रालयगत छलफल थाल्न लागिएको हो । 

सङ्घीय संसद् सचिवालयले छलफल र विभागीय मन्त्रीको जवाफको सम्भावित तालिका तयार पारिसकेको छ तर कार्यव्यवस्था परामर्श समितिले प्राप्त मन्त्रालयगत विवरणका आधारमा सम्भावित कार्यतालिकालाई हेरफेर गर्नसक्ने छ । 

सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सोमबार कानुन, न्याय तथा संसदीय मन्त्रालय, युवा तथा खेलकुद, श्रम रोजगार, वन तथा वातावरण, सहरी विकास मन्त्रालय शीर्षकमा छलफल

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबारका लागि तय भएका सातमध्ये पाँच मन्त्रालयको विवरणसमेत प्राप्त भइसकेको जानकारी दिनुभयो । जेठ २५ गतेसम्म मन्त्रालय र मातहतका कार्यालयको विनियोजन शीर्षकको छलफल सक्ने तयारी सचिवालयको छ । 

सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सोमबार कानुन, न्याय तथा संसदीय मन्त्रालय, युवा तथा खेलकुद, श्रम रोजगार, वन तथा वातावरण, सहरी विकास मन्त्रालय शीर्षकमा छलफल हुनेछ । यस्तै भूमि व्यवस्था, महिला तथा बालबालिका मन्त्रालय शीर्षकमा पनि सोमबार नै छलफलको कार्यतालिका छ । 

यस्तै मङ्गलबार कृषि तथा पशुपन्छी, शिक्षा, उद्योग, संस्कृति पर्यटन, भौतिक पूर्वाधार, परराष्ट्र र खोनेपानी मन्त्रालय शीर्षकमा छलफल हुनेछ । जेठ २५ गते अर्थ, स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि, गृह मन्त्रालय शीर्षकमा छलफल हुनेछ । 

यस्तै राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, योजना आयोगको सचिवालयको बजेटमा पनि जेठ २५ गते नै छलफल हुनेछ । जवाफका लागि विभागीय मन्त्रीहरूलाई दुई दिनको समय छुट्याइएको छ । जसमा जेठ २६ गते १२ मन्त्रालय २७ गते बाँकी मन्त्रालय र कार्यालय शीर्षकमा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिनेछन् । मन्त्रालयगत छलफल सकिएपछि विनियोजन विधेयक पारितको प्रक्रिया अघि बढ्नेछ ।