• ४ साउन २०८१, शुक्रबार

कार्यकर्ताबाट सय रुपियाँ सङ्कलन गर्दै माओवादी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय पेरिसडाँडामा रहेको कार्यालय र भौतिक पूर्वाधार विस्तार गर्न पार्टीका सदस्यसँग न्यूनतम १०० रुपियाँ उठाउने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी सदस्यबाट न्यूनतम १०० रुपियाँ उठाउने निर्णय गरेको नेता शक्ति बस्नेतले जानकारी दिनुभयो । 

माओवादीले आफ्ना आठ लाख सदस्य रहेको दाबी गर्दै  आएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा संरचना निर्माण र व्यवस्थित गर्न प्रदेश कमिटीहरूलाई एक महिनाभित्र रकम उठाइसक्न  निर्देशन दिएको बस्नेतले बताउनुभयो । प्रदेश कमिटीले जिल्ला समन्वय समितिलाई पैसा उठाउन जिम्मेवारी प्रदान गर्नेछ । 

कार्यालय बैठकमा पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) मा देखिएको पदाधिकारी विवाद मिलाउने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई प्रदान गरेको बस्नेतले बताउभयो ।