• २० चैत २०८१, बुधबार

कांग्रेस नेता महतोका परिवारलाई आर्थिक सहयोग

blog

विजयकुमार साह 

ढल्केबर, चैत १८ गते । नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य स्वर्गीय रामदेव महतोको परिवारलाई कांग्रेस नेताहरूले आर्थिक सहयोग प्रदान गरेका छन् । 

धनुषाको मिथिला नगरपालिका–१, निवासी स्वर्गीय महतोको १३ औं पुण्य तिथिका अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका नेताहरूले उहाँको परिवारलाई दुई लाख रुपियाँ आर्थिक सहायता हस्तान्तरण गर्नुभएकाे हाे ।

नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले स्वर्गीय महतोको परिवारलाई दुई लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । उहाँले महतोले पार्टीका लागि महत्त्वपूर्ण योगदान गरेको र उहाँको परिवारलाई आर्थिक अवस्था कमजोर भएकाले पार्टीका साथीहरूले सहयोग गरेको बताउनुभयो । 

श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झा, धनुषा कांग्रेसका सभापति योगेन्द्र पजियार, मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो लगायतका नेताको उपस्थिति रहेको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय महतोको योगदानको स्मरण गर्दै उपस्थित नेताहरूले उहाँको परिवारलाई आवश्यक सहयोग र समर्थन प्रदान गर्ने प्रतिबद्धता गर्नुभयो ।