• १८ चैत २०८१, सोमबार

करेन्ट लागेर बालकको मृत्यु

blog

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), चैत १५ गते । बर्दियामा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नं ९ का बालकको गुलरिया नगरपालिका वडा ७ स्थित घरमा करेन्ट लागेर मृत्यु भएको हो । 

घरको पङ्खाबाट करेन्ट लिग भएर टिको छानामा पुगेको र छाना मै करेन्ट मृत्यु भएको प्रहरीले जनाएको छ । व्याडमिन्टन खेल्दा कक छानामा अड्किएको र कक निकाल्ने क्रममा बालकलाई करेन्ट लागेको पारिवारिक स्रोतले जनाएको छ । करेन्ट लागेका बालकलाई अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको थियो । 

बालक ठुली आमाको घरमा बसेर पढ्दै आएका थिए । उनको बुवा भारतमा र आमा विदेशमा रोजगारीको शिलशिलामा जानुभएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनुभयो ।