काठमाडौँ, चैत १५ गते । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा सुनुवाइ जारी रहेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा उक्त रिटमा सुनुवाइ जारी रहेको हो ।
घिसिङद्वारा दायर रिटमा आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनर्स्थापनाको माग गरिएको छ ।सर्वोच्च अदालतले सार्वजनिक गरेको पेसी सूची अनुसार, घिसिङको निवेदन दोस्रो क्रममा रहेको छ ।
यसैगरी, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा पनि आजै सुनुवाइ हुने भएको छ । न्यायाधीश मुसलमानको इजलासमै शाक्यद्वारा दायर रिटमा सुनुवाइ हुन लागेको हो । शाक्यको निवेदन पाँचौँ क्रममा छ ।