• १८ चैत २०८१, सोमबार

दुई थरी प्रदर्शनको मारमा सर्वसाधारण, सुरक्षा सतर्कता बढाइयो

blog

गणतन्त्रको पक्षमा रहेको समाजवादी मोर्चा र राजतन्त्रका पक्षधरले गर्न लागेको प्रदर्शनका कारण सुनसान भएको सडक । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, चैत १५ गते । शुक्रबार काठमाडौँ उपत्यकाको यातायात व्यवस्था प्रभावित भएको छ । गणतन्त्रको पक्षमा रहेको समाजवादी मोर्चा र राजतन्त्रका पक्षधरले आज गर्न लागेको फरक–फरक प्रदर्शनका कारण काठमाडौँको यातायात व्यवस्था प्रभावित भएको हो ।

दुवै पक्षले प्रदर्शनका लागि तयारी तीव्र पारिएको छ । अधिकांश स्थानमा प्रहरी चेकिङ मजबुत बनाइएको छ । त्रिपुरेश्वरदेखि नै रत्नपार्कतिर जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा नागरिकको सुरक्षार्थ प्रहरीले सुरक्षा बलियो बनाएको छ ।


आन्दोलनका लागि दुवै पक्षले तयारी जारी राखेका छन् । आजको प्रदर्शनमा समाजवादी मोर्चाले एक लाखभन्दा बढी मानिस उतार्ने दाबी गरेको छ । आजको प्रदर्शनलाई दुवै पक्षले शक्ति प्रदर्शनको रूपमा लिएका छन् । 

दिउँसोबाट काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधर र भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन् ।

यो पनि पढ्नुहोस

उपत्यकाको सुरक्षा व्यवस्था बलियो