• १७ चैत २०८१, आइतबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

blog

रवीन्द्र उप्रेती

बर्दीबास, चैत १४ गते । कलभर्ट बनाउन खनेको खाल्डोमा परेर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर सोनमा गाँउपालिका ६ मगरथानाका ५५ वर्षीया मोटरसाइकल चालक किसुनदेव यादवको मुत्यु भएको हो । 

जिल्ला प्रहरीका अनुसार बीआर ३० एसी २३६४ नं को मोटरसाइकल चढेर मगरथानाबाटा बुधबार राती १० बजेतिर सोही गाउपालिकाको कतरवा टोलतर्फ जाँदै गर्नुभएका यादव मोटरसाइकलसहित करिव ७ फिट गहिरो खाल्डोमा खस्दा घटनास्थलमै मृत्यु भएको हो । 

सोही वडाको मङ्गलनाथ मन्दिर नजिक कलभर्ट निर्माणका लागि २ साताअघि बीच सडकमा गहिरो खाल्डो खने पनि ठेकेदारले समयमै निर्माण नगर्दा दुर्घटना भएको स्थानीयको आरोप छ  । 

प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिनुका साथै शवलाई पोष्टमार्टमका लागि प्रादेशिक असपताल जलेश्वर पु¥याइएको जिल्ला प्रहरीका डिएसपी तथा सूचना अधिकारी सन्तुलाल प्रसाद जयसवारले जानकारि दिनुभयो ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।