• १४ चैत २०८१, बिहिबार

कालीगण्डकीमा भारतीय नागरिक मृत फेला

blog

इमान सिं राना

रामपुर (पाल्पा), चैत १० गते । कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ । भारत उत्तर प्रदेश गोरखपुरका २५ वर्षीय शिवम पाण्डे मृत फेला परेको प्रहरीले जनाएको छ ।

पोखराबाट घुमेर घर फर्किने क्रममा बगनासकाली गाउँपालिका–५, राम्दी स्थित कालीगण्डकी नदीमा पाण्डेसहित ४ नुहाउन गएकोमा उहाँ डुबेर बेपत्ता हुनु भएको थियो । उहाँको नदीको तल्लो तटीय क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा खोजी भइरहेको थियो ।

खोजतलास गर्दै जाने क्रममा आइतबार घटना स्थलबाट एक किमी तल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।