शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौँ (गोरखापत्र), जेठ २० गते ।  विश्व सम्पदा क्षेत्रमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा फुटपाथ र मन्दिरका डिलमा चियालगायतका खानेकुरा बेचबिखन गर्न रोक लगाइएको छ ।  बिहान र साँझपख यस स्थानमा यस्तो व्यवसायले निकै भीड जम्मा गरेको ठहर काठमाडौँ महानगरपालिकाको छ । हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशनमान शाक्यका अनुसार सोमबारबाट नयाँ नियम लागू हुनेछ । 
खैनी, गुट्का, चिया पिउने, कागज र प्लास्टिकका गिलासलगायतका वस्तु जतासुकै मिल्काउँदा फोहोर बढेपछि त्यसलाई रोक्न नगर प्रहरीसमेत खटिएको छ । नगर प्रहरी बल प्रमुख धनपति सापकोटाले वसन्तपुर क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताउनुभयो ।