• १४ असार २०८१, शुक्रबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्यूफाउन्डल्याण्डबीच समझदारी

blog

राजन रावत

हुुम्ला, जेठ १८ गते । कर्णालीमा स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा द्विपक्षीय सहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) जुम्ला र मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्याण्ड क्यानडाबीच समझदारी भएको छ । प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल र मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भ्वाइस प्रिसिडेन्ट मार्गेरेट स्टिलले पाँच वर्षका लागि उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । 

प्राज्ञिक तथा शैक्षिक क्षेत्रका साझा मुद्दामा सहकार्य गरेर जानेगरी दुवै पक्षबीच समझदारी भएको प्रतिष्ठानले जनाएको छ । कासका उपकुुलपति ‘फ्याकल्टी’ सदस्यबीच ज्ञान आदान प्रदान, विद्यार्थी मोविलिटी, विभिन्न प्रकाशन, अनुसन्धान सामग्री तथा समाचार आदान प्रदान गर्ने, अनुसन्धान, शिक्षण तथा सङ्काय विकाससँग सम्बन्धित कार्यमा संयुक्त सहकार्य गर्ने समझदारीपत्रमा उल्लेख छ । 

सम्झौतापत्र दुवै पक्षले डिग्री कार्यक्रम विकास तथा विस्तारका लागि साझेदार संस्थासँगको सहकार्यमा संयुक्त अभियान थाल्ने, अन्डरग्रयनजुएट र ग्रयाजुएट अध्ययनको पूर्ण डिग्री भुक्तानीको लागि अवसर दिने, प्रशासनिक सहयोग र क्षमता अभिवृद्धिमा सहकार्य गर्ने उल्लेख गरिएको छ । 

सम्झौतमा बिशेषगरी भौतिक, आर्थिक तथा अन्य दायित्वमा दुवै संस्थाबीच कानुनी प्रतिबन्ध नरहने, समझदारीपत्र पाँच वर्षसम्म लागु गर्ने र आवश्यकतामा दुवै पक्षको सहमतिका आधार त्यसलाई थप गर्न सकिने प्रतिष्ठानले जनाएको छ । 

मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भाइस प्रिसिडेन्ट मार्गेरेट स्टिलको टोलीका सदस्य मेडिकल एन्थ्रोपोलोजिष्ट प्रोफेसर जिल एलिसन, एमडीजिपी प्रोफेसर डेभिड एलिसनले प्रतिष्ठानको भौतिक संरचना, प्रशासनिक, तथा शैक्षिक क्षेत्रको अध्ययन अवलोकन गर्नुभएको थियो । समझदारीपत्र हस्ताक्षर भएपश्चात् प्रतिष्ठान–क्यानडा सहकार्यका लागि सो कार्यक्रम अन्तर्गत अनुसन्धान कार्यक्रममा डा. तुलाकृष्ण गुप्तालाई नियुक्त गरिएको उपकुलपति डा. रावलले बताउनुुभयो ।