• २५ फागुन २०८१, आइतबार

डा. भट्टराईको परराष्ट्रसम्बन्धी पुस्तक लोकापर्ण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २५ गते । कूटनीतिज्ञ डा. मदनकुमार भट्टराईको शृङ्खलात्मक अभिव्यक्तिका क्रमको चौथौ प्रस्तुति ‘नेपालको परराष्ट्र सम्बन्ध सङ्क्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’ को शनिबार एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त पुस्तक लोकार्पण गरिएको हो । 

उक्त पुस्तकको पूर्व प्रधान न्यायाधीश श्रेष्ठसहित प्राडा मोहनप्रसाद लोहनी, प्राडा कुसम शाक्य तथा पत्रकार तथा विश्लेषक कनकमणि दीक्षितले विमोचन गर्नुभएको हो । कार्यक्रममा वक्ताहरूले पुस्तकमा भएका प्रबल र दुर्बल दुवै पक्षमा आआफ्ना कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पुस्तकका लेखक भट्टराईले आफूले पुस्तकमा नेपालको परराष्ट्र नीति र पहिलो परराष्ट्र सचिव नरेन्द्रमणि दीक्षितका बारेमा  हरेक कुरा केलाउने प्रयास गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “परराष्ट्र सेवा र नीतिको हिसाबले पहिलो सात वाट सचिवलाई म संस्थापक पिताका रूपमा मान्छु । त्यो सात वटामध्ये चार जना चार कूटनीतिज्ञमा परिसक्नुभएको छ । उहाँले केही महिनापछि नरप्रतापशमशेर थापाका बारेमा पुस्तक विमोचन हुने पनि बताउनुभयो । सो पुस्तक राणाको समयमा नेपालको परराष्ट्र सम्बन्धमा हुने उहाँले बताउनुभयो ।”