• ७ जेठ २०८१, सोमबार

बुवाको सपना पूरा गर्ने नवनिर्वाचित अध्यक्षको प्रतिबद्धता

blog

तिलाचन पाण्डे

तम्घास, जेठ १७ गते । गुल्मीदरबार गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सरोजकुमार थापाले बुवाले देख्नुभएका सपनालाई पूरा गरेरै छाड्ने दाबी गर्नुभएको छ । 

गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको गत असार ३१ गते उपचारको क्रममा काठमाडौंमा निधन भएपछि अपूर्ण कामहरु नवनिर्वाचित थापाले पूरा गर्ने दाबी गर्नुभएको हो ।

प्रत्येक नागरिकको घरमा एक घर एक धारा पिउने पानीलाई पूरा गर्ने प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका पाँच हजार दुई सय घरधुरीमध्ये तीन हजार घरधुरीमा शुद्ध खानेपानी पुगेको छ ।

यस्तै, गुल्मीदरबार गाउँपालिका वडा नम्वर ३ मा  वनको १२ रोपनी सार्वजनिक जग्गामा वातावरणीय परीक्षण गरी डिपीआर गर्ने योजनामा रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । 

गाउँपालिकामै क्याम्पस सञ्चालन गर्ने विषयलाई पनि प्राथमिकताका साथ राखेको अध्यक्ष थापाले बताउनुभयो । 

गाउँमै गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्न आफूले प्राथमिकता दिएको उहाँले बताउनुभएको छ । 

उहाँले कृषिलाई आधुनिकीकरण गरी गाउँपालिका भित्रका नागरिकहरुलाई आत्मनिर्भर बनाउने गरी आफूले योजना बनाएको बताउनुहुँदै गाउँपालिका भित्रको जग्गालाई बाँझो नराख्ने गरी भूमि बैंकलाई प्रभावकारी बनाउने बताउनुभयो