• ७ जेठ २०८१, सोमबार

विमान दुर्घटनाः बाँकी शव काठमाडौं ल्याइदै

blog

अप्ठ्यारो भीरबाट गेटपुलीको सहयोगमा शव संकलन गर्दै माउन्टेन गाइड, सेना र प्रहरीको टोली । फाइल तस्विर

कास्की, जेठ १७ गते । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको बाँकी शव काठमाडौं ल्याउने तयारी सूरु गरिएको छ । सानो हेलिकप्टरबाट १० वटा शव जोमसोमको कोवाङमा झारिएको छ भने बाँकी दुई वटा शव कोवाङ ल्याउने क्रममा रहेको उद्धार टोली प्रमुख सेनाका जर्नेल बाबुराम श्रेष्ठले जानकारी दिनुभयो ।  

विमानमा दुई जर्मनीका, चार भारतीय र १३ नेपाली नागरिक सहित तीन चालकदलका सदस्य गरी २२ जना सवार सबैजनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये १० जनाको शव सोमबार नै काठमाडौं ल्याएर पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आज सबै शव काठमाडौं ल्याएर पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने तयारी थालेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । 

अप्ठ्यारो भीरमा विमान ठोक्किएका कारण शव सङ्कलन गरी सहज स्थानमा ल्याउन उद्धार टोलीलाई निकै कठिन भएको उद्धारमा खटिनुभएका माउन्टेन गाइड नरेन शाहीले बताउनुभयो । माउन्टेन गाइडको टोलीले शवलाई गेटपुलीको सहयोगबाट माथि तानेर व्यवस्थापन गरेको थियो । 

१२ वटा शव काठमाडौं ल्याउन उडेको सेनाको हेलिकप्टर खराब मौसमका कारण खैरेनीमा अवतरण गरेको जनाएको छ । 


Author

रमेश पौडेल