अनिल पराजुली
हेटौँडा, फागुन ८ गते । हराएको बालक फेला परेपछि परिवारको जिम्मा लगाइएको छ । मकवानपुर प्रहरीले फागुन ७ गते बेलुका हेटौँडा उपमहानगरपालिका वडा नं. ४ सीमाचोकबाट बेवारिसे अवस्थामा बालक फेला परेपछि परिवारको खोजी गरेर जिम्मा लगाएको हो ।
हेटौँडा उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं. २२ बस्ने ८ वर्षीय अनुराग अधिकारीलाई बेवारिसे अवस्थामा फेला पारी आवश्यक अनुसन्धान पश्चात् उहाँको आमा जानुका अधिकारीलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।