• १२ वैशाख २०८१, बुधबार

६८ वर्षमाथिको ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता

blog

फाइल तस्बिर

काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षबाट ६८ वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ । यसअघि ७० वर्ष उमेर पुगेका नागरिकलाई मात्र ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था थियो ।

यो वर्षको बजेट साउन १ गतेबाट कार्यान्वयनमा आउने भएकाले सो समयमा ६८ वर्ष पुगेका र नेपाली नागरिकता प्राप्त गरेका नागरिकले वृद्धभत्ता प्राप्त गर्ने छन् ।

युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ४६ करोड रकम विनियोजन, राष्ट्रिय खेलकुद परिषद्का लागि दुई अर्ब नौ करोड रुपियाँ विनियोजन, निशन्तान महिलाले प्रयोग गर्ने टेस्टुयुब बेबी प्रविधिलाई काठमाडौं बाहिर विस्तार गरिने छ ।

सहरी क्षेत्रमा लैङ्गिक मैत्री सार्वजनिक शौचालय निर्माण गरिने छ, स्थानीय तहमा एक परिवारलाई एक विद्युतीय चुल्हो वितरण गरिने छ, वडा तहमा महिलालाई क्षमता विकासका लागि तालिम दिइने छ । एसियाली र ओलम्पिक खेलकुदमा पदक ल्याउने खेलाडीका लागि आजीवन तलब भत्ताको व्यवस्थापन गरिनेछ, हिंसामा परेका महिलाका लागि आवास निर्माण गरिनेछ ।

सङ्केतिक भाषा र ब्रेल लीपीका पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने व्यवस्थापन मिलाइएको छ । तनहुँको ढकालटारमा बालसुधार गृहका लागि बजेट विनियोजन, ज्येष्ठ नागरिक पार्क निर्माणका लागि बजेट विनियोजन छ ।

काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा
महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि एक अर्ब ७७ करोड रुपियाँ विनियोजन छ भने काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा पूरा गर्नेगरी मार्ग निर्माण गरिनेछ ।

नेपाललाई सडक मानव मुक्त राष्ट्र बनाइनेछ, दूत मार्ग निर्माण कार्य तीन वर्षमा सम्पन्न गरिनेछ, पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब ५० करोड विनियोजन छ ।

मदनभण्डारी राजमार्गका लागि दुई अर्ब ९१ करोड विनियोजन, पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने कार्यलाई तीव्रता दिइनेछ ।