• २७ चैत २०८१, बुधबार

स्काभेटर कर्णाली नदीमा डुक्दा बेपत्ता भएका तीन जनाको शकुसल उद्धार

blog

झुगोलामा नदीमा फसेको स्काभेटर ।

राजन रावत

हुम्ला माघ २७ गते । मुगु र बाजुरा जिल्लाको सिमाना झुगोलामा कर्णाली नदीमा स्काभेटर फस्दा बेपात्ता भएका तीन जनाको सकुशल उद्धार गरिएको छ । 

मुगुको खत्याड गाउँपालिका र बाजुराको हिमाली गाँउपालिका विच झुगोलाको कर्णाली नदीमा सो स्काभेटर पतर्ने क्रममा नदीको पानीमा फसेको थियो । 

झुगोलामा स्काभेटर कर्णाली नदीमा फस्दा बेपत्ता हुनु भएका तीन जनाको सकुशलै उद्धार गरिएको हुम्ला जिल्ला प्रहरी नायव परिक्षक शंकर पोखरेलले बताउनुभयो । 

दिनमा स्काभेटर तार्ने क्रममा चालकको सीटसम्म पानी पसेपछि स्काभेटर डुवेको र मानिस बेपत्ता भएको तर पछि तीन जनाको सकुशल उद्धार भएको उहाँले बताउनुभयो । 

नदीमा फसेको तीन जनाको उद्धार गरिएको भएपनि उहाँको नाम र ठेगाना भने पत्ता लगाउन नसकिएको उहाँले बताउनुभयो । पानीमा झिजेको कारण तीन जनालाई न्यानो बनाएर राखिएको छ । 

जुम्लाबाट हुम्ला ल्यउनाका लागि कर्णाली नदी पार गर्न खोज्दा तीन जना मानिस सहित एस्काभेटर कर्णाली नदीमा फसेको थियो  ।