• २७ चैत २०८१, बुधबार

रुकुमपश्चिममा भेटियो बम

blog

जङ्गलमा फेला परेको बम। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, माघ २७ गते। रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ। वडा नम्बर ६ बित्तास्थित लालीगुराँस सामुदायिक वन क्षेत्रमा आइतबार बिहान बम फेला परेको हो। 

वडाध्यक्ष भद्रबहादुर शेर्पालीले जङ्गलको खोल्सामा बम भेटिएको सूचना दिए पश्चात प्रहरी चौकी झुन्नेटाबाट र चण्डीदल गण सुरक्षा पोष्ट खाराबाट सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले घटनास्थल सुरक्षित गरिएको र बम डिस्फोजल टोली घटनास्थल पुगिसकेको जानकारी दिनुभयो। 

उक्त बम विगतको द्वन्द्वको क्रममा छोडिएको हुन सक्ने बताइएको छ।