• २७ चैत २०८१, बुधबार

निजामती कर्मचारी सङ्गठन जाजरकोटको अध्यक्षमा विसी निर्वाचित

blog

सहदेव बस्नेत 

जाजरकोट, माघ १३ गते । नेपाल निजामती कर्मचारी सङ्गठन जाजरकोटको अध्यक्षमा निराजन विसी निर्वाचित हुनुभएको छ । आज सम्पन्न सङ्गठनको जिल्ला कार्यसमितिको ११ औं अधिवेशनबाट विसी निर्वाचित हुनुभएको हो । 

यस्तै, खुल्ला तर्फको उपाध्यक्षमा चन्द्रबहादुर भारती, महिला उपाध्यक्षमा लक्ष्मी रोकाय पुन, सचिवमा कृतिबहादुर थापा निर्वाचित हुनुभएको छ । सहसचिवमा भिमबहादुर केसी, कोषाध्यक्षमा भूपबहादुर वली निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशन ले १९ सदस्सीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ ।

लेखापरीक्षण आयोगमा रभराज पुन संयोजक र छत्रबहादुर हमाल सदस्यमा निर्वाचित हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा टकेन्द्र रोकाय, पवन थापा, नवराज वली, अन्जना हमाल, वीरबहादुर चन्द र रत्नबहादुर डाँगी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश प्रतिनिधिमा यज्ञबहादुर अधिकारी, भद्रबहादुर शाही, प्रयागदत्त धिताल, कमल ढुङ्गाना, लक्ष्मी रोकाय वली निर्वाचित हुनुभएको छ ।