मुना हमाल
सुर्खेत, माघ २७ गते। नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको अध्यक्षमा राजेश आचार्य निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न अधिवेशनले आचार्यको नेतृत्वमा सर्वसम्मत् नेतृत्व चयन गरेको हो।
संगठनको उपाध्यक्षमा राजेन्द्र पोख्रेल, उपाध्यक्षमा सृष्टि शर्मा र महासचिवमा प्रकाश शर्मा निर्वाचित हुनुभएको छ।
यस्तै सचिवमा प्रकाश नेपाली, यज्ञबहादुर अधिकारी र पूर्णचन्द्र काफ्ले निर्वाचित हुनुभएको छ। कोषाध्यक्ष ध्रुवबहादुर खत्री र लेखा परीक्षण आयोगको संयोजकमा दिलिप न्यौपाने निर्वाचित हुनुभएको छ।