• २७ चैत २०८१, बुधबार

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

blog

मोटरसाइकल दुर्घटनास्थल। तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट, माघ २७ गते। जाजरकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नलगाड नगरपालिका दल्लीदेखि जाजरकोट सदरमुकाम खलंङ्गातर्फ आउँदै गरेको मोटरसाइकल शनिबार भेरी नगरपालिका-१ रिगौटा मोडमा दुर्घटना भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भेरी नगरपालिका-२ रिसाङका ४० वर्षीय टली बिकको उपचारको क्रममा शनिबार साँझ नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको हो।  

नलगाड नगरपालिका दल्लीदेखि जाजरकोट खलंङ्गातर्फ आउँदै गरेको भे ५ ख ३६६० नम्बरको मोटरसाइकल भेरी नगरपालिका-१ रिगौटा मोडमा दुर्घटना भएको हो। नलगाड नगरपालिका २ का भीमबहादुर चदारले चलाएको मोटरसाइकल अनियन्त्रित भएर सडकभन्दा करिब सात मिटर तल खसेको छ। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक चदारको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेकाले जानकारी दिनुभयो। चालक चदारलाई नर्सिङ होममा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। 

मोटरसाइकल दुर्घटनामा मृत्यु हुने बिक चदाराकी फुपु हुनुहुन्छ ।