• १५ असार २०८१, शनिबार

महिला हिंसा नियन्त्रण गर्छु : उपप्रमुख धामी

blog

गोकर्ण दयाल
बैतडी, जेठ १४ गते ।
नव निर्वाचित गाउँपालिका उपप्रमुख धाना धामीले  महिला हिंसा नियन्त्रण गर्ने बताउनुभएको छ । बैतडीको सिगासमा मदिराका कारण महिलामाथि घरेलुहिंसा बढेको बताउनुहुँदै 
उपप्रमुख धामीले मदिरा नियन्त्रण पहिलो प्राथमिकतामा रहेको बताउनुभएको हो ।

उपप्रमुख धामीले भन्नुभयो, “निर्वाचन जितेर पदभार ग्रहण नगर्दै दुई वटा महिला हिंसाका घटना मौखिक उजुरीका रुपमा आएका छन् । मदिरा सेवन गरेर महिला कुट्नेलाई अब कानुनी कारबाही हुन्छ । न्यायिक समीति यो विषयमा सक्रिय भएर लाग्छ ।”

कानुनी परामर्शदाता नियुक्त गरेर सिगास गाउँपालिकाको न्यायिक समितिलाई चुस्त बनाउने योजना सुनाउँदै उपप्रमुख धामीले आफ्नो कार्यकालमा गाउँपालिकाको कुर्सिमा मात्र नबसेर जनताको घरदैलो र टोलमा गएर यथार्थ समस्या बुझ्दै काम गर्ने बताउनुभएको छ ।

“म कुर्सिमा बसेर होईन, जनताको घर दैलोमा पुगेर काम गर्छु । मलाई घुम्ने कुर्सिभन्दा जनताको गुन्द्री प्यारो छ” उपप्रमुख धानाले भन्नुभयो, “प्रत्येक योजनाको गुणस्तर चेकजाँच गरेर मात्रै भुक्तानी हुन्छ । विकासका लापिग आएको बजेट उपभोक्ता समिति गठन गरेर मदिरा र मासुका सक्ने दिन गए ।”

गाउँपालिकालाई प्राप्त हुने बजेटको सही सदुपयोग हुन सके पाँच वर्षमा गाउँमै रोजगारी सिर्जना गर्न सकिने आफूले खाका बनाएको धामीले बताउनुभयो ।