• १३ साउन २०८१, आइतबार

सिलाइकटाईबाटै मुलुकमै स्वरोजगार

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ १४ गते । नेपालबाट निकै ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशीमा जाने गरेको भए पनि म्याग्दीका एक युवाले सिलाइकटाइबाटै मनग्य आम्दानी गर्नुभएको छ । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लिकी मिनाकुमारी पुनले पछिल्लो झण्डै एक दशकदेखि बेनीमै सिलाइकटाईबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

वि.सं. २०६८ सालमा बुटवलमा सिलाइकटाई ट्रेनिङ इन्सिच्युटमा तालिम लिएरपछि घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको सिलाइकटाई तालिम लिएपछि २०७० मा आधिकारिक रुपमा टेलरिङ सेन्टर शुरु गर्नुभयो । 

अहिले उहाँ सो क्षेत्रको प्रशिक्षक एवम् उत्कृट टेलरिङ गुरु मानिनुहुन्छ । उहाँले हालसम्म तीन सय जना भन्दा धेरैलाई तालिम दिइसक्नुभएको छ । 

सिकाएका विद्यार्थीमध्ये अहिले करिब २० प्रतिशतले मात्रै व्यवसाय सञ्चालन गरिरहेको उहाँ बताउनुहुन्छ । 

मासिक करिब एक लाख रुपियाँको ब्यापारमा करिब २५–३० हजार बराबरको सामग्री खरिदमा खर्चपछि करिब ७० हजार रुपियाँको फाइदा हुने उहाँले बताउनुभयो । 

अहिले उहाँको टेलरिङ सेन्टरमा नियमित रुपमा ६ जनाले तालिम लिइरहनुभएका छ भने अहिलेसम्म आङ्गता भएका परिवारका सदस्यहरु २२ जनालाई तालिम दिनुभएको छ ।