• ८ जेठ २०८१, मङ्गलबार

चन्द्रकोटका कृषकलाई कृषि औजार

blog

चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी र कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले कृषि औजार वितरण गर्नुहुँर्दै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, जेठ १४ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाका कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । गाउँपालिकाका गाउँपालिका अध्यक्ष युवराज केसी, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीलगायतले एक औपचारिक कार्यक्रमकाबीच उक्त औजारहरु वितरण गर्नुभएको हो । 

औजारहरु वितरण गर्दै गाउँपालिकाका अध्यक्ष केसीले कृषिको माध्यमबाट नै गाउँपालिकालाई समृद्ध बनाउन सकिने भएकाले आधुनिक कृषितर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी आर्र्थिक आय–आर्जन वृद्धि गर्ने सकिने उल्लेख गर्नुभयो । 

आगामी दिनमा पनि सबै कृषकलाई पुग्नेगरी औजार वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । 

गाउँपालिकामा आ.व.२०७७/०७८ देखि शुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश सरकार र चन्द्रकोट गाउँपालिकाको संयुक्त साझेदारीमा गाउँपालिका भित्रका वडाहरु ३, ४ र ६ मा लागू भइरहेको छ । 

चक्रेश्वर स्मार्ट कृषि बाख्रा तथा तरकारी पकेट समूह गठन भई समूहमा कार्यक्रम सञ्चालनमा आएकोमा चालू आ.व.को प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत कृषकहरुलाई मिनी टीलर, च्याप कटर, तौल मेसिन, सिंचाई पाईप, दाना खुवाउने डुडलगायतका औजार उपकरणहरु वितरण गरिएको हो ।