रमेश कुमार बोगटी
कालिकोट, माघ २५ गते । नरहरिनाथ गाउँपालिका–८ लालुको हलेसिको गावु खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लालु देखि खुलालु तर्फ आउँदै गरेको क.प्र.०२००१ क०८२० नम्बर को मिनी ट्रक लालुमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका गाडी साहु सवार नरहरिनाथ–८ खुलालु मा व्यवसाय गर्दै आउनु भएका ४५ वर्षीय गंगाबहादुर देउवाको उपचारको लागि जिल्ला अस्पताल मान्ममा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला अस्पताल कालिकोटका डाक्टर लाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक गोविन्द प्रसाद चौधरी ले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार स्थानीय भित्री सडक खण्डमा अनियन्त्रित भएर बिहीबार राति ८ः४० बजे दुर्घटना भएको मिनी ट्रक सडक बाट करिब ४ सय मिटर तल खेसेको छ ।
नरहरिनाथ गाउँपालिका वडा न– ९ का अध्यक्ष प्रदीप वोहोरा का अनुसार मृतक देउवा विगत लामो समयदेखि खुलालु बजारमा व्यापार सँगसँगै सामाजिक सेवा गर्दै आउनु भएको थियो ।