• २४ माघ २०८१, बिहिबार

सशस्त्र प्रहरीको जागिर छाड्दै सरस्वती अस्ट्रेलियातर्फ

blog

सरस्वतीलाई बिदाइ गर्दै एपिएफका खेलाडी ।

काठमाडौँ, माघ २४ गते । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी चर्चित खेलाडी सुस्वती चौधरी सशस्त्र प्रहरी बल (एपिएफ) को जागिर छाडेर अस्ट्रेलिया जानुभएको छ ।

राष्ट्रिय टोली र एपिएफकी रोजाईकी स्पाइकर सरस्वती यसअघि केही समयका लागि अस्ट्रेलिया जानुभएको थियो । हालै पोखरामा सम्पन्न टाइगर कप भलिबल खेल्न नेपाल आउनुभएकी सरस्वती प्रतियोगिता सकिए लगत्यै एपिएफको जागिर समेत छाडेर पुन: अस्ट्रेलिया फर्किनु भएको हो ।

सरस्वती आठ वर्ष अगाडि एपिएफको सेवामा प्रवेश गर्नुभको थियो । पोखरामा भएको टाइगर कपको फाइनलमा एपिएफ आयोजक टाइगर ग्रुपसँग पराजित भएको थियो ।

सरस्वतीले सन् २०१७ मा राष्ट्रिय महिला भलिबल टोली डेब्यू गर्नुभएको थियो । सरस्वतीलाई एपिएफ क्लबका खेलाडीले बिदाइ गरेका थिए ।