जनार्जन खत्री
सर्लाही, माघ २१ गते । सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका –१५, कालिन्जोर खोलाबाट प्रहरीले ठुलो परिमाणमा लागुुऔषध गाँजा बरामद गरेको छ ।
लागुुऔषध गाँजाको ओसारपसार भइरहेको सूचना पाएर खटिएको प्रहरी टोलीले आइतबार राति कालिन्जोर खोलाको काँसघारीमा लुुकाइ राखिएको ११० केजी गाँजा बरामद गरेको हो ।
प्लाष्टिकभित्र प्याक गरेर अन्यत्र निकासी गर्न तयार पारिएको २२ पोका गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजन पाठकले जानकारी दिनुुभयो ।
पाठकका अनुसार प्रत्येक पोकामा पाँच केजीको दरले ११० केजी गाँजा बरामद गरेर कार्यालयमा ल्याइएको छ । गाँजा कस्ले राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाठकले बताउनुुभयो ।
लागुुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीवास, इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी परवानीपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको थियो । उक्त गाँजा सर्लाहीको चुरेभेगका विकट गाउँ तथा सिन्धुलीको मरिण क्षेत्रमा उत्पादन गरेर भारततर्फ लैजान लागिएको हुनेसक्ने आशङ्का गरिएको छ ।