• १३ पुस २०८१, शनिबार

रञ्जन कोइराला नयाँ बानेश्वरबाट पक्राउ

blog

फाइल तस्बिर

काठमाडौं, जेठ १३ गते। सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई प्रहरीले शुक्रबार नयाँ बानेश्वरबाट पक्राउ गरेको छ। 

श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि २०७७ साउत ८ छुटेका थिए। बिहीबार सर्वाेच्च अदालतले फैसला उल्टाएपछि कोइरालालाई प्रहरीले शुक्रबार फेरि नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) बसन्तबहादुर कुँवरका अनुसार सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै बिहीबार जन्मकैदको सजाय हुने फैसला सुनाएपछि शुक्रबार साँझ ६ बजे प्रहरीले पुनः पक्राउ गरेको हो। 

बिहीबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडालको संयुक्त इजलासले कोइरालालाई जन्मकैदको फैसला गरेको थियो। 

यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरावलोकन भएसँगै कोइराला पुनः पक्राउ परेका हुन्।