• १५ असार २०८१, शनिबार

महिला हिंसा र विभेदमा कमी आएन : डा. बिन्दा पाण्डे

blog

काठमाडौं, जेठ १३ गते । प्रतिनिधिसभा सदस्य डा. बिन्दा पाण्डेले देशमा राजनीतिक परिवर्तन र विभिन्न व्यवस्थामा परिवर्तन भए पनि महिला हिंसा र विभेदमा कमी आउन नसकेको बताउनुभएको छ । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले किशोरी तथा बालिकामा यौनजन्य हिंसा भएको र पीडितले न्याय पाउने अवस्था नबनेको उहाँले बताउनुभयो । “पीडित अनन्त विक्षिप्त छ, हरेकको मन र मस्तिष्क संवेदनाले भरिएको छ । यौनजन्य घटनामा हदम्याद हटाइनुपर्छ”, उहाँले भन्नुभयो, “लैङ्गिक न्यायका लागि आपराधिक घटनाको आधारमा न्याय सुदृढिकरणको कार्यमा सरकार गम्भीर छैन ।”

सबै किसिमका विभेद र हिंसाप्रति सबैको गम्भीर चासो र प्राथमिकताको विषय नबनेको उहाँको भनाइ छ । हिंसा न्यूनीकरणमा आग्रह गर्नुहुदै उहाँले समानता र महिलाको हकको प्रावधान विपरीत आवश्यक कानुनी कारबाही अघि बढ्नुपर्ने बताउनुभयो ।

यसैगरी, नागरिकता विधेयकमाथि छलफल गरेर संसदमा पेश भएको दुई वर्षसम्म पनि पारित हुन नसकेको बताउनुभएको छ । नेपाली नागरिक हुनबाट वञ्चित भएकाले नागरिकता पाउनुपर्ने विषयमा उहाँले जोड दिनुभएको छ ।