• १३ साउन २०८१, आइतबार

प्रतिनिधिसभा बैठक : सांसदको सहभागिता न्यून

blog

तस्बिरः केशब गुरुङ

काठमाडौं, जेठ १२ गते। प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा  कार्यक्रममाथिको छलफल जारी छ। सरकारले बजेट अघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभा सदस्यको सहभागिता उत्साहजनक हुनुपर्ने हो। तर, अन्य समयमा जस्तै नीति तथा कार्यक्रममाथिको छलफल सम्बन्धी कार्यसूची रहेको बैठकमासमेत प्रतिनिधिसभा सदस्यको संख्या कमै देखियो। 

बिहीबारको बैठकमा नीति तथा कार्यक्रमको संशोधनका लागि सूचना पेश गर्नुभएका विभिन्न दलका छ सांसदसहित प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओली, नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाललगायत विभिन्न दलका सांसदले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभएको छ। छलफल शुक्रबार पनि जारी रहनेछ। बिहीबारको बैठकमा देखिएका खाली कुर्सी । 

तस्बिरः केशब गुरुङ