• १५ चैत २०८०, बिहिबार

एक चीन नीतिमा नेपाल अडिग छ कि छैन ? : अध्यक्ष ओली

blog

तस्विर–केशव गुरुङ

काठमाडौं, जेठ १२ गते । नेकपा (एमाले) अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले एक चीन नीतिमा छ कि छैन भनी सरकारसँग जवाफ माग गर्नुभएकाे छ ।

बिहीबार आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिनुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएको ओलीले आफ्नो भूमि प्रयोग गर्न नदिने नीतिमा सरकार अडिग छ कि छैन भनी सरकारसँग जवाफ माग गर्नुभएको हो । 

नेपालले एक चीन नीतिमा प्रतिबद्धता जनाएको जानकारी दिनुहुँदै उहाँले छद्म नीति नलिन आग्रह गर्नुभएको छ । 

‘‘नेपाल हाम्रा छिमेकीहरुसँग छद्म मुखमा एउटा कुरा व्यवहारमा अर्को कुरा होइन । वास्तविक अर्थमा सन्तुलित, एक अर्कामा नखेल्ने, एउटा कार्ड अर्काको विरुद्ध प्रयोग नगर्ने र सन्तुलित, एउटाका विरुद्ध अर्कोको भूमि प्रयोग हुन नदिने नीतिमा अडिग छ कि छैन ?’’उहाँले भन्नुभएको छ । 

उहाँले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्पष्ट जवाफ माग गर्नुभएको छ । 

‘‘सम्मानीय प्रधानमन्त्रीज्यू, मैले उठाएका प्रश्नहरुको जवाफ आउनुपर्छ । नेपाल एक चीन नीतिमा छ कि छैन ?,’’ उहाँले भन्नुभयो ।