• १३ साउन २०८१, आइतबार

जनताको सेवक भएर काम गर्न जनप्रतिनिधिलाई ओलीको आग्रह

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १२ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको सेवक भएर काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।बिहीबार आर्थिक वर्ष २०७९/०८०का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिनुहुँदै एमाले अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । 

‘‘जनतालाई सेवा सुविधा उपलब्ध गराउन, स्थानीय तहमार्फत विकासका कामहरुलाई अगाडि बढाउनुपर्छ  ।,’’ उहाँले भन्नुभयो, ‘‘स्थानीय तहमा जनतालाई आइपरेका अप्ठ्यारा, सुखदुःखहरुमा सहभागी हुने निकाय भएको हुनाले त्यसै उचाइका साथ फराकिलो मन र जनताका सेवक हौँ भन्ने भावनाका साथ काम गर्न म सबै निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्न चाहान्छु ।’’ साथै, उहाँले नवनिर्वाचित जनप्रतिनिधिहरुको सफल कार्यकाल शुभकानमा व्यक्त गर्नुभएको छ । 

त्यस्तै, उहाँले स्थानीय तह निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न नभएको दाबी गर्नुभएको छ । ‘‘निर्वाचन स्वच्छ हुन सकेन । निर्वाचन धाँधलीरहित हुन सकेन । उम्मेदवारलाई थुनेर, सत्तापक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ ।’’ उहाँले भन्नुभयो । 

त्यस्तै, अध्यक्ष ओलीले वैशाख ३० गते सम्पन्न १४ दिनसम्म पनि परिणाम आउन नसकेको उल्लेख गर्नुभएको छ । ‘‘वैशाख ३० गते निर्वाचन भएको थियो । आज १४ दिनपछि परिणाम किन आएन ? कतिपय ठाउँको परिणाम आज १४ दिनपछि पनि आएको छैन ? किन परिणाम आउन सकेको छैन ?’’ उहाँले प्रश्न गर्नुभएको छ ।

उहाँले नीति तथा कार्यक्रमको भाषामाथि टिप्पणी गर्दै ओलीले जनता अल्मल्याउने अभ्यास भएको बताउनुभएको छ ।